• आइतबार, असोज ४ २०८३

५ महिनामा ४९ अर्बको डिजेल आयात


शुक्रबार, पुष ९ २०७८
580
Shares

काठमाडौं । नेपालले डिजेल आयातमा गत वर्षभन्दा झण्डै दोब्बर रकम खर्च गरेको छ । गत वर्षको तुलनामा डिजेलको आयात परिमाण १४.५ प्रतिशतले मात्रै वृद्धि भएपनि अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यका कारण डिजेलका लागि गरिने लगानी दोब्बरले बढेको भन्सार विभागले जनाएको छ ।

विभागका तथ्यांक अधिकृत मोहन पुडासैनीका अनुसार चालुआवको पाँच महिनामा ६ लाख ४५ हजार ३१३ किलोलिटर डिजेल आयात गर्न ४९ अर्ब २ करोड रुपैयाँ खर्च गरेको छ । जबकी गतवर्ष समीक्षा अवधिमा ५ लाख ६४ हजार ६८५ किलोलिटर डिजेल नेपालले २३ अर्ब ४३ करोड रुपैयाँमा आयात गरेको थियो ।गत वर्ष प्रतिलिटर ४१ रुपैयाँमा औसतमा डिजेल आयात भएकोमा यो वर्ष औषत ७४ रुपैयाँ प्रतिलिटर डिजेलको लागत देखिएको विभागले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार