• आइतबार, असोज ४ २०८३

बंगलादेशः फेरीमा आगो लाग्दा कम्तिमा ३२ जनाको मृत्यु


शुक्रबार, पुष ९ २०७८
790
Shares

बंगलादेशमा एउटा फेरीमा आगो लाग्दा ३२ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार बिहान आगो लागेको हो । दुर्घटनाग्रस्त फेरीमा ५०० जना यात्रु थिए । तीन तले सो फेरी नदीकोको बीचमा आगो लागेको थियो ।

आगलागीमा जलेका ३२ जनाको शव फेला पारेका छौँ । मृतकको सङ्ख्या अझै बढ्न सक्छ ।’ स्थानीय प्रहरी प्रमुख मोइनुस इस्लामले भने ।

आगो लागेपछि कोही नदीमा हाम फालेका थिए । फेरीमा आगो लागेर घाइते १०० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बंगलादेशमा बारम्बार फेरी दुर्घटनामा पर्ने गरेका छन् । मर्मतसम्भारको अभाव, न्यून सुरक्षा र क्षमताभन्दा बढी यात्रुका कारण फेरी दुर्घटनामा परेको विज्ञहरू बताउँछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार