• आइतबार, असोज ४ २०८३

९० वर्षमाथिका नागरिकलाई अब घरमै भत्ता


शुक्रबार, पुष ९ २०७८
745
Shares

सरकारले ९० वर्ष भन्दा माथिका र अशक्त ज्येष्ठ नागरिकलाई घरमै भत्ता पुर्‍याउने भएको छ। 

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गरेको कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ९० वर्षमाथि र अशक्त ज्येष्ठ नागरिकलाई घरमै भत्ता पुर्‍याउने बताएकी हुन् ।

मन्त्री रेग्मीले छिट्टै यो व्यवस्था लागु गर्न सरकारले कर्मचारीलाई निर्देशन दिने बताइन्। 

यो व्यवस्था लागू भएपछि ज्येष्ठ नागरिक भत्ता लिन स्थानीय तहको कार्यालयमै पुग्नु पर्दैन । अहिले भत्ता स्थानीय तहले वडा कार्यालयबाट बाँड्दै आएका छन्।

उनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकको हित हुने गरी विशेष कानुन निर्माण गर्ने बताइन्। 

रेग्मीले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि सिडमा मात्रै निर्भर नेपाल विशेष कानुन निर्माण गरेर विश्वको ध्यान आकर्षित गराउने प्रयत्नमा रहेको बताइन्।

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने अन्तर्राष्ट्रिय महासन्धिलाई हालसम्म १८९ देशले अनुमोदन गरेका मन्त्री रेग्मीले समितिमा बताइन्। 

महिला विभेद र भेदभाव अन्त्य गर्न राष्ट्रिय कार्यका लागि महासन्धिले एजेन्डा तय गर्ने उनले बताइन् । 

पेरुकी ग्लेडिस यकोस्टा भारगास अध्यक्ष रहेको सिड कमिटीमा नेपालबाट बन्दना राणा सदस्य छिन्।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार