
गोरखा । सिरानचोक गाउँपालिकामा प्राथमिक आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । लायन्स क्वल अफ गोरखाको प्राविधिक सहयोग र गाउँपालिकाको साझेदारीमा गाउँपालिकाको केन्द्र चित्रपोखरीमा उपचार केन्द्र स्थापना गर्न लागिएको हो ।

आँखा उपचार केन्द्र सञ्चालन गर्ने विषयमा बिहिवार दुई पक्ष वीच आठ बुँदे सम्झौता भएको छ । सम्झौता अनुसार अग्रेजी नयाँ बर्षदेखि त्यहाँका बिरामीहरुले गाउँमै आँखा उपचार सेवा पाउने भएका छन् । सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ र केन्द्रका तर्फबाट अध्यक्ष योङकुमार श्रेष्ठ बिच आगामी २ बर्षसम्म केन्द्रका लागि आवश्यक सहयोग समझदारी गर्ने सहमती भएको छ ।


उक्त आँखा उपचार केन्द्रबाट आँखाको मोतिबिन्दु, अल्छि आँखा, अन्धोपन पहिचान गरिनुका साथै शल्यक्रिया गर्न आवश्यक देखिए जिल्ला सदरमुकाम ल्याएर गरिने पनि सेवा केन्द्रले जनाएको छ । सम्झौता लगत्तै सेवा केन्द्रले सामाग्री जडान र नेत्र सहायकको ब्यवस्था गर्न लागेको जनाएको छ ।