• आइतबार, असोज ४ २०८३

लमजुङमा ७ हजारले बनाए राष्ट्रिय परिचयपत्र


बिहिबार, पुष ८ २०७८
545
Shares

लमजुङ । जिल्लामा ७ हजार ७५६ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । जिल्ला प्रशासन कार्यालयबाट २०७७ साउन ३१ गतेदेखि सुरु भएको परिचयपत्र बनाउन थालिएको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जगदीश मिश्रका अनुसार पुरुष ४ हजार ३८८ तथा महिला ३ हजार ३३८ ले राष्ट्रिय परिचयपत्र बनाएका हुन् ।चालू आर्थिक वर्ष २०७८/७९ को साउनदेखि हालसम्म दुई हजार ३७६ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् ।

यीमध्ये ९८७ महिला र १ हजार ३८९ पुरुष छन् । त्यस्तै, गत आवमा ५ हजार ३८० जनाले राष्ट्रिय परिचयपत्र बनाएका थिए । यीमध्ये महिला दुई हजार ३८१ र पुरुष दुई हजार ९९९ रहेको मिश्रले बताए ।चाररचार महिनामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने भनिए पनि हालसम्म सबै नागरिकले परिचयपत्र प्राप्त गर्न सकेका छैनन् । गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारीले परिचयपत्र बनाउँदै जिल्लामा अभियानको सुरुआत गरेका थिए। परिचयपत्रमा व्यक्तिगत र जैविक (बायोमेट्रिक) गरी दुई विवरण ‘इन्ट्री’ गरिनेछ । १६ वर्ष उमेर पुगेका सबै नेपालीले राष्ट्रिय परिचयपत्र बनाउन पाउने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार