• आइतबार, असोज ४ २०८३

फिल्म ‘आकासे खेती’ को फष्टलुक सार्वजनिक


बिहिबार, पुष ८ २०७८
1.1K
Shares

फिल्म ‘आकासे खेती’ को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन २७ गते रिलिज मिति तोक्दै फिल्मले प्रचारप्रसारको पहिलो सामग्रीको रुपमा दुई पोस्टर बाहिर ल्याएको हो । फिल्मका निर्देशक उदय सुब्बा हुन् ।

गौरव पहारी, विल्सन बिक्रम राई ‘तक्के बुढा’, बुद्धि तामाङ हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिब्बु, जयनन्द लामा, शिशिर बाङ्देल लगायतको मुख्य भूमिका फिल्ममा छ । फिल्मको फष्टलुकमा पनि यी नै कलाकारले प्रथामिकता पाएका छन् ।युवाहरुको विना मिहिनेत पैसा कमाउने सपना र तिबब्तीयन शरणार्थीको विषयमा निर्माण भएको यो निर्देशक सुब्बाको १८ औं फिल्म हो । यस अगाडि सुब्बाले थुप्रै सफल फिल्म दिएका छन् ।

केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ, दीलप्रकाश याक्सो निर्माता रहेको फिल्मको कथा निर्देशक आफैले तयार पारेका हुन् । फिल्मको सम्वाद भने कलाकार विल्सन बिक्रम राई ‘तक्के बुढा’ ले लेखेका हुन् ।

एसएस इन्टरनेशनल फिल्मस् र ताक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा बिक्रम डिसीको छायाङ्कन, सुजन बडालको सम्पादन, राजु किराँतीको द्वन्द्व, रामजी लामिछाने र राजीवको नृत्य, विकास चौधरी र बादल लिब्बुको संगीत छ ।फिल्म जि.जि ग्रुपका करण श्रेष्ठले उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर वितरण गर्नेछ । फिल्म युवादेखि बृद्धसम्मको रुचीलाई ध्यानमा राखेर निर्माण गरिएको निर्देशक सुब्बाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार