• आइतबार, असोज ४ २०८३

विवाह गर्दै इन्डियन आइडल-१२ की फाइनलिस्ट सायली काम्बले


बिहिबार, पुष ८ २०७८
565
Shares

गायन रियालिटी शो ‘इन्डियन आइडल-१२’ की फाइनलिस्ट सायली काम्बलेले विवाह गर्ने भएकी छन्।

आफ्नो गायकीबाट लाखौंको मन जित्न सफल गायिका सायलीले बिहिबार आफ्नो प्रेमी धवलसँग ओठी साटेकी हुन्।

सायली र धवलको औठी साटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडिओमा सायलीले घुँडा टेकेर धवलको औलामा औठी लगाइदिएकी छन्। त्यसपछि धवलले सायलीलाई नचाएका छन्।

सायलीले लाइट पिंक कलरको लेहंगा लगाएकी थिइन्। धवलले डार्क कलरको शेरवानी लगाएका थिए। भारतीय रियलिटी शो ‘भ्वाइस अफ इन्डिया’ र ‘मम्मी के सुपरस्टार’ बाट गायनमा सहभागी हुँदै इन्डियन आइडलमा फाइनलसम्मको यात्रा तय गरेकी थिइन्।

प्रतियोगिताको उपाधि पवनदीप राजनले जितेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार