• आइतबार, असोज ४ २०८३

बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या १ लाख नाघ्यो


बिहिबार, पुष ८ २०७८
520
Shares

काठमाडौं । बेलायतमा कोभिड-१९ का दैनिक संक्रमितको संख्या पहिलो पटक एक लाख नाघेको छ ।

बुधबार बेलायतमा कोरोना भाइरसका १ लाख ६ हजार १२२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै दैनिक कोरोना संक्रमितको संख्या महामारी सुरु भएयता पहिलो पटक एक लाख नाघेको छ ।बेलायतमा अति संक्रामक ओमिक्रोन भेरियन्ट व्यापक बनेपछि दैनिक संक्रमितको संख्या निरन्तर बढ्न थालेको हो । तर अस्पताल भर्ना हुने र ज्यान गुमाउनेको संख्या भने स्थिर देखिन्छ । त्यहाँ बुधबार १४० जना संक्रमितको मृत्यु भएको छ ।

यसैबीच, स्कटल्याण्ड र दक्षिण अफ्रिकामा गरिएका प्रारम्भिक अध्ययनले कोभिड-१९ का अन्य भेरियन्टभन्दा ओमिक्रोनका लक्षण सामान्य रहेको देखाउँछन् । त्यस्तै, लण्डनस्थित इम्पेरियल कलेजले गरेको छुट्टै विश्लेषणले म्युटेशनका कारण डेल्टाको तुलनामा ओमिक्रोनका लक्षण सामान्य भएको देखाउँछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार