• आइतबार, असोज ४ २०८३

क्रिसमसमा एलिनाले दर्शक नचाउने, महादेवले दर्शक हसाउने


बिहिबार, पुष ८ २०७८
860
Shares

काठमाडौं । गायिका एलिना चौहान क्रिसमसको अवसरमा काठमाडौंको अनामनगरस्थित जम्काभेट रेष्टुरेन्टमा गुञ्जने भएकी छन् । रेष्टुरेन्टले बिहीबार र शुक्रबार आयोजना गर्न लागेको ‘जम्काभेट सांगीतिक साँझ’मा एलिनाले आफ्ना चर्चित गीत गाउनेछिन् ।

कार्यक्रममा उनले ‘तिमीसँग नजर जुधाई, रुवाउने हजार, भाग्यमा खोट, चोली चुरोट’ लगायत करिब दर्जन बढी हिट गीत प्रस्तुत गर्नेछिन् ।नेपाली जादुगरको रुपमा चर्चित कलाकार महादेव त्रिपाठीको जादु, कमेडी, प्यारोडी लगायतका विशेष प्रस्तुति समेत रहने कार्यक्रममा कर्णराज गिरी, भोजराज काफ्ले, रुविना श्रेष्ठ, किरण भुजेल, ध्रुव बिस्को, अलिशा श्रेष्ठ, भरत समीर, राजेश बर्देवा, भगवती खड्का, बलराम परियार, सुनिल थापा मगर, मनिषा थापा, विजय पुन, बेगम नेपाल, कृष्ण रेउले लगायतका गायक गायिका सहित सहित ‘मेरी बास्सै’का कलाकार र ‘दी रोयल्स नेपाल’ ब्राण्डको समेत प्रस्तुति रहने बताइएको छ ।

क्रिसमस डेमा कलाकार र दर्शकको भेट गराउने र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको रेष्टुरेन्टका सञ्चालक तथा व्यवस्थापक सन्तोष तिमल्सिनाले बताए । जम्काभेट रेष्टुरेन्ट बिहीबारबाटै औपचारिक रुपमा शुरुआत हुन लागेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार