• आइतबार, असोज ४ २०८३

दलको चुनावमा भाग लिने शिक्षकलाई कारबाही गर्ने त्रिविको चेतावनी


बिहिबार, पुष ८ २०७८
755
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने चेतावनी दिएको छ ।

त्रिविको कर्मचारी प्रकाशन महाशाखाले विश्वविद्यालयका कर्मचारी तथा शिक्षकहरू राजनीतिक दलका महाधिवेशन र विधान अधिवेशनमा भाग लिएका समाचार आएको भन्दै विभागीय कारबाहीको चेतावनी दिएको हो ।महाशाखाले विश्वविद्यालयको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० की नियम ६७ मा राजनैतिक निर्वाचनमा उम्मेदवार व्यवस्था भएको स्मरण गराउँदै त्यसो गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो ।

कुनै दलबाट उम्मेदवार बन्न चाहेमा मनोनयन दर्ताको दिनभन्दा १५ दिनअघि नै राजीनामामा दिइसकेको हुनुपर्ने नियममा व्यवस्था छ ।

यसअघि नेपाली कांग्रेसको महाधिवेशन चलिरहेका बेला सर्वोच्च अदालतले पनि प्रतिनिधि भएका शिक्षकहरूलाई मतदानमा रोक लगाउने आदेश दिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार