• बुधबार, कार्तिक २६ २०८३

भारतमा ओमिक्रोन संक्रमितको संख्या २१३ पुग्यो


बुधबार, पुष ७ २०७८
530
Shares

भारतमा बुधबार कोरोना भाइरस संक्रमितको ६ हजार १ सय १७ नयाँ संक्रमित भेटिएका छन् जबकी यसका कारण ३१८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६,९०६ संक्रमित निको भएका छन् ।

भारतमा यतिबेला सक्रिय संक्रमितको संख्या ७८,१९० छन् जुन ५७५ दिनमा सबैभन्दा कम हो । यस्तै यहाँ ओमिक्रोन संक्रमितको संख्या बढेर २१३ पुगेको छ ।

ओमिक्रोन भेरियन्टका सबैभन्दा धेरै संक्रमित दिल्लीमा ५७ छ र महाराष्ट्रमा ५४ पाइएको छ । यो भेरियन्टद्वारा संक्रमित रहेका ९० बिरामी ठिक भएपछि अस्पतालबाट छुट्टी पनि दिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार