• बिहिबार, साउन १४ २०८३

एक महिनाभित्र १०६ मुलुकमा फैलियो ओमिक्रोन भेरियन्ट


बुधबार, पुष ७ २०७८
645
Shares

{"caption":"u0924u0938u094du092cu093fu0930 : u0930u094bu092fu091fu0930u094du0938","photographer":"","alt_text":""}

काठमाडौं । विश्वव्यापी रूपमा फैलिँदै गएको कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन हालसम्म १०६ मुलुकमा फैलिएको छ ।

मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आफ्नो साप्ताहिक रिपोर्टमा हालसम्म ओमिक्रोन भेरियन्टका संक्रमित १०६ मुलुकमा पुष्टि भएको जनाएको हो ।विश्वभरको नमूना परीक्षणबाट डेल्टा नै प्रमुख भेरियन्टको रुपमा देखा परेको भए पनि ओमिक्रोन फैलिइरहेको हुँदा जोखिम सिर्जना भएको पनि संगठनको भनाइ छ ।

‘हालैका तथ्यले ओमिक्रोनका संक्रमित वृद्धि हुनेदर डेल्टाको भन्दा बढी भएको र जनसंख्याको इम्युनिटी क्षमता धेरै रहेका एवं समुदायमा संक्रमण फेला परेका मुलुकमा समेत तीव्र रुपमा फैलिइरहेको देखाउँछन्,’ डब्ल्यूएचओले भनेको छ ।

छिमकी मुलुक भारतमा समेत ओमिक्रोनका संक्रमित बढिरहेका छन् । भारतमा बुधबारसम्म यो भेरियन्टबाट २१३ संक्रमित भइसकेका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्र र दिल्लीमा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार