• आइतबार, असोज ४ २०८३

आइफोनको लोकेशन हिस्ट्री कसरी पत्ता लगाउने ?

बुधबार, पुष ७ २०७८
870
Shares

काठमाडौं । तपाई जुन ठाउँमा जानुहुन्छ, त्यो ठाउँलाई तपाइसँग भएको आइफोनले ट्र्याक गरिरहेको हुन्छ । तपाईले आइफोनको लोकेशन हिस्ट्री समेत हेर्न सक्नुहुन्छ ।

एप्पल आइफोनसहित सबै आइफोनमा जीपीएस सेन्सर रहेको हुन्छ जसले तपाईँ गएको हरेक स्थानलाई ट्र्याकिङ गरी सबै विवरण कैद गर्न सक्छ ।तपाईँसँग भएको आइफोनमा एउटा जीपीएस चिप हुन्छ र यो चिपले एप्पलको आईओएस सफ्टवेयरमार्फत् हाम्रो गतिविधि ट्र्याकिङ भइरहेको हुन्छ । त्यसपछि युवेर जस्ता सफ्टवेयरमार्फत् तपाईँ रहेको वास्तविक स्थानबारे अर्को व्यक्ति (रिसिपियन्ट)ले थाहा पाउन सक्छन् । त्यस्तै, यसलाई प्रयोग गरेर ‘लोकेशनमा आधारित विज्ञापन’ खोज्न पनि सकिन्छ ।

आइफोनको लोकेशन हिस्ट्री कसरी थाहा पाउने ?

तपाईको आइफोन जुन-जुन स्थानमा पुगेको हुन्छ, ती स्थानको पूर्ण विवरण (हिस्ट्री) निम्न तरिकाबाट थाहा पाउन सकिन्छस्

१. सबैभन्दा पहिला ‘सेटिङ’भित्र रहेको ‘प्राइभेसी’मा जानुहोस् ।
२. त्यसपछि ‘लोकेशन सर्भिसेस’ सेलेक्ट (छनौट) गर्नुहोस् ।
३. ‘लोकेशन सर्भिसेस’भित्र रहेको ‘सिस्टम सर्भिसेस’मा ट्याप गर्नुहोस्रछुनुहोस् ।
४. त्यसपछि ‘सिग्निफिकेन्ट लोकेशन्स’ सेलेक्ट गर्नुहोस् ।
‘सिग्निफिकेन्ट लोकेशन्स’को तलपट्टी ‘हिस्ट्री’ लेखिएको एउटा ट्याब हुन्छ । ‘हिस्ट्री’भित्र रहेका लोकेशन ट्याप गर्नुहोस् । त्यसपछि तपाईँ पुगेका सबै लोकेशन देखिन्छन् ।आइफोनमा हिस्ट्री हटाउने विकल्प (अप्‍सन) पनि रहेको हुन्छ । अर्थात् ‘क्लियर हिस्ट्री’ थिचेर (क्लिक गरेर) आइफोनभित्र रहेका सबै हिस्ट्री हटाउन सकिन्छ । यदि आइफोनको लोकेशन ट्र्याकिङ बन्द गर्न चाहनु भयो भने सबैभन्दा पहिला ‘सेटिङ’मा जानुहोस् । त्यसपछि ‘प्राइभेसी’मा जानुहोस् र ‘लोकेशन सर्भिसेस’मा छुनुहोस् । अनि ‘लोकेशन सर्भिसेस’ को स्विचलाई ‘अफ’ (सेतो भाग) गर्नुहोस् ।

आइफोनमा ‘सिग्निफिकेन्ट लोकेशन लिस्ट’ पत्ता लगाउने तरिका

१. सबैभन्दा पहिला ‘सेटिङ’भित्र रहेको ‘प्राइभेसी’मा जानुहोस् ।
२. त्यसपछि ‘लोकेशन सर्भिसेस’ सेलेक्ट (छनौट) गर्नुहोस् ।
३.लोकेशन सर्भिसेस’भित्र रहेको ‘सिस्टम सर्भिसेस’मा ट्याप गर्नुहोस्रछुनुहोस् ।
४. त्यसपछि ‘सिग्निफिकेन्ट लोकेशन्स’ सेलेक्ट गर्नुहोस् ।
‘सिग्निफिकेन्ट लोकेशन्स’को तलपट्टी ‘हिस्ट्री’ लेखिएको एउटा ट्याब हुन्छ । ‘हिस्ट्री’भित्र रहेका लोकेशन ट्याप गर्नुहोस् । त्यसपछि तपाईँ पुगेका सबै लोकेशन देखिन्छन् ।आइफोनमा हिस्ट्री हटाउने विकल्प (अप्‍सन) पनि रहेको हुन्छ । अर्थात् ‘क्लियर हिस्ट्री’ थिचेर (क्लिक गरेर) आइफोनभित्र रहेका सबै हिस्ट्री हटाउन सकिन्छ । यदि आइफोनको लोकेशन ट्र्याकिङ बन्द गर्न चाहनु भयो भने सबैभन्दा पहिला ‘सेटिङ’मा जानुहोस् । त्यसपछि ‘प्राइभेसी’मा जानुहोस् र ‘लोकेशन सर्भिसेस’मा छुनुहोस् । अनि ‘लोकेशन सर्भिसेस’ को स्विचलाई ‘अफ’ (सेतो भाग) गर्नुहोस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार