• आइतबार, असोज ४ २०८३

बालकको लिंग रबरले बाँधेर यातना दिएको आरोपमा पोखराबाट १ महिला पक्राउ


बुधबार, पुष ७ २०७८
950
Shares

पोखराको एक होस्टलमा बस्ने ६ वर्षीय बालकलाई यातना दिएको आरोपमा प्रहरीले होस्टलकी वार्डेन महिलालाई पक्राउ गरेको छ।पोखरा- १५ गलेश्वर चोकमा रहेको न्यू लाइफ होष्टलकी वार्डेन जानुका नेपालीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। उनले सोही होष्टलमा बस्ने ६ वर्षीय बालकलाई ओछयानमा पिसाब फेरेको भन्दै यातना दिएको आरोप छ।

डोल्पाका ५ वर्षीय बालक रेमन बुढालाई नेपालीले ओछ्यानमा पिसाव नफेरोस् भनेर राति लिङ्गमा रबरले बाँधेर सुताउने गरेको घटना सोमबार सार्वजनिक भएको थियो।

बालकका अभिभावकले उजुरी गरेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरीक्षक दिपक केसीले जानकारी दिए।कमजोर आर्थिक अवस्था भएकाले आमाले पालनपोषण गर्न नसकेपछि बालक केहि समय अगाडिदेखि होस्टलमा बस्दै आएका थिए। होस्टलमा रेमनसहित ९ जना बालबालिका बस्ने गर्छन्।

विद्यालयकी शिक्षिका सिर्जना कँडेल सोमबार पढाउन कक्षामा गएको बेला बालक रेमन रोइरहेको अवस्थामा फेला पारेपछि सोधखोज गर्दा बालकलाई दिइएको यातना सार्वजनिक भएको हो।

पक्राउ परेकी नेपालीलाई बालबालिका विरुद्धको कसुरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक केसीले बताए।

उनले होस्टलमा बस्ने बालकलाई ओछ्यानमा पिसाब नफेरोस् भनेर लिंग बाँधेर सुताउने र बालिकाहरुलाई पनि यातना दिने गरेको आरोप छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार