• आइतबार, असोज ४ २०८३

चितवनमा करेन्ट लगाएर गैंडा मारिएको पुष्टि


बुधबार, पुष ७ २०७८
540
Shares

चितवन। गएको मंसिर २७ गते भरतपुर महानगरपालिका वडा नं. १६ मा मृत फेला परेको गैंडालाई करेन्ट लगाएर मारिएको पुष्टि भएको छ ।

सिद्धिगणेश सामुदायिक वन, विजयनगरस्थित गणेश मन्दिर जानेबाटो नजिक छेउको तोरी र जैघाँस भएको खेतमा मृत अवस्थामा भेटिएको गैंडालाई करेन्ट लगाएर मारिएको पुष्टि भएको डिभिजन वन कार्यालय भरतपुरले जनाएको छ ।तोरी र जैघाँस भएको ठाँउमा गैंडा चर्न पुगेपछि सो ठाँउमा छाडिएको करेन्ट लागेर गैंडा घटनास्थलमा नै मरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए ।

सुरुमा विषाक्त मानिने जैघाँस खाएर गैंडा मरेको हुनसक्ने अनुमान गरिए पनि पोष्टमार्टमबाट गैंडा करेन्ट लागेर मारिएको पुष्टि भएको हो ।

रातको समयमा जीआई तारको माध्यमबाट तोरीबारीमा करेन्ट छाडिएको र गैंडा चर्दै आएपछि सो धरापमा परेर मरेको पुष्टि भएको उनले बताए । घटनास्थलमा विद्युतीय तार भने भेटिएको थिएन ।

गैंडाको मृत शरीरले किचेको अवस्थामा बाँसको लठ्ठी मात्रै भेटिएको थियो । सूचना अधिकारी खनालका अनुसार तार उनीहरुले गैंडा मरेपछि उठाएर लगेको देखिन्छ । स्थानीयका अनुसार सो दिन राति ३ बजेतिर एउटा ठूलो आवाज आएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार