• आइतबार, भाद्र २१ २०८३

उपत्यकामा फाइजर खोप लगाउन छुटेकालाई आज दोस्रो मात्रा दिइँदै


बुधबार, पुष ७ २०७८
510
Shares

फाइजर खोपको दोस्रो मात्रा लगाउन छुटेका काठमाडौँ उपत्यकाका किशोर-किशोरीलाई आज खोपको दोस्रो मात्रा दिइँदैछ। यसअघि खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीलाई आज फाइजर खोपको दोस्रो मात्रा दिन लागिएको हो।

धेरै बालबालिकाले पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाँकी रहेको गुनासो आएपछि आज एकदिन फाइजर खोपको दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले जानकारी दिए।

छाउनीस्थित नेपाली सैनिक अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।यसैबीच स्वास्थ्य कार्यालयले आजभोली हरेक दिन कोरोनाविरुद्धको भेरोसेल र कोभिसिल्डको पहिलो र दोस्रो मात्रा खोपसमेत दिइरहेको छ।

सैनिक अस्पताल छाउनी, शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र निजामती अस्पतालमा सधैँभरि खोप लगाइने व्यवस्था गरिएको छ। यसअघि कुनै एक केन्द्रमा एक किसिमको खोप पाउने गरेकोमा अब सबै केन्द्रमा दुवै खोप पाइने स्वास्थ्य प्रमुख काफ्लेले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार