• आइतबार, असोज ४ २०८३

आर्सनल कारबाओ कपको सेमिफाइनलमा


बुधबार, पुष ७ २०७८
580
Shares

आर्सनल कारबाओ कपको सेमिफाइनलमा पुगेको छ। मंगलबार राति भएको खेलमा सन्डरल्याण्डलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै आर्सनलले सेमिफाइनलको यात्रा तय गरेको हो।आर्सनललाई जिताउन एडी एनकेटियाले ह्याट्रिक गरेका थिए भने पेपे र चाली पाटिनोले एक\एक गोल थपेका थिए। सन्डरल्याण्डका नाथान ब्रोडहेडले सान्त्वना गोल फर्काएका थिए।

सेमिफाइनलमा पुग्ने अन्य तीन टोलीको भने टुंगो लाग्न बाँकी छ। बुधबार राति कारबाओ कपको क्वाटरफाइनलका अन्य खेल हुनेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार