• आइतबार, असोज ४ २०८३

पोखरामा लागुऔषध सहित २ जना पक्राउ


बुधबार, पुष ७ २०७८
745
Shares

पोखरामा लागुऔषध सहित २ जना पक्राउ परेका छन । पोखरा–११ फूलबारी र सिमपानीबाट अवैध लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित एक महिला र एक पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।

उनका अनुसार तनहुँ शुक्लागण्डकी, खैरेनीटार घर भई पोखरा-११ फूलबारी बस्ने ३० वर्षीया श्रीमाया विक भण्डारी १८६ एम्पुल लागुऔषध सहित पक्राउ परेकी छन् । भण्डारीको साथबाट डाइजापाम ६२, फेनेरागन ६२ र आइबुनर्फिन ६२ एम्पुल लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।त्यसैगरी पोखरा सिमपानी बस्ने ३७ वर्षीय बिर बहादुर तामाङको साथबाट डाईजापाम १७, फेनेरागन १७ र नुर्फिन १७ एम्पुल बरामद गरेको छ।

पक्राउ परेका मध्ये श्रीमाया बिक भण्डारीलाई जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । त्यसैगरी बिर बहादुर तामाङलाई ७ दिनको म्याद थप थप गरी लागुऔषध सम्बन्धी कसुर अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक केसीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार