• आइतबार, असोज ४ २०८३

गोरखा नगरपालिका ५ बाट बेवारिसे बालककाे उद्धार, मानव सेवा आश्रममा राखियाे


बुधबार, पुष ७ २०७८
740
Shares

गोरखा । मानव सेवा आश्रमले गोरखाले एक बालकको उद्वार गरेको छ । आश्रमले गोरखा नगरपालिका ५ को रातमाटे भन्ने स्थानबाट बेसाहारा बनेका बालकको उद्वार गरेको हो ।

गोरखा नगरपालिकाका मेयर राजनराज पन्त सहितको सहभागीतामा ४ बर्षका बालकलाई मंगलबार साँझ उद्वार गरी मानव सेवा आश्रममा ल्याईएको आश्रमकी मुना तामाङले जानकारी दिईन ।

आश्रमले दिएको जानकारी अनुसार बुवा बिगत ३ बर्षदेखी कास्कीको कारागारमा रहेको र आमा १ बर्ष अगाडी बच्चालाई छाडेर अर्कैसंग बिहे गरेर गएपछि बालक बेसाहारा बनेका थिए ।

बालककाे उद्वारमा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक प्रकाश दाहालको पनि सहभागीता रहेको आश्रमले जनाएको छ ।

मामा घरमा आश्रय लिदै आएका ति बालकलाई छिमेकी ध्रुव थापाले सहयोग गर्दै आएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार