• आइतबार, असोज ४ २०८३

सातौँ गोर्खाली रनिङ कपकाे तयारी तिब्र, मैदान खाली गरिदिन चेम्बरलाई क्लबकाे आग्रह


बुधबार, पुष ७ २०७८
705
Shares

गोरखा । सातौँ गोर्खाली रनिङ कप आगामी फागुन ७ गतेबाट सुरु हुने भएको छ । गोरखा सदरमुकाममा आयाेजक हरमटारी क्लबले मंगलबार पत्रकार सम्मेलन आउँदो फागुन ७ गतेदेखि सातौ गोर्खाली रनिङ कप गर्ने जानकारी दिएकाे हो ।

सदरमुकामको हरमटारी स्थित खेलकुद मैदानमा हुन लागेको प्रतियोगितामा स्थानीय र राष्ट्रिय स्तरका गरी १६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

फागुन ७ गतेबाट सुरु हुने उक्त प्रतियोगिता ८ दिन सम्म चल्नेछ । हरेक बर्ष आयाेजना गरिने साे प्रतियाेगिता गएकाे बर्ष भने काेराेना भाइरसकाे जाेखिमका कारण हुन नसकेकाे क्लबका अध्यक्ष बिशाल गुरुङ्गले जानकारी दिए ।

गोर्खाली रनिङ कपको बिजेता टिमले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहित ट्रफी, मेडल पुरस्कार पाउनेछन् भने उप बिजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र सेमिफाइनलमा पुग्ने दुई टीमलाई ५५-५५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएकाे छ ।

बिभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयाेजककाे तयारी छ ।

जसमा प्रतियोगिता अवधिभर सर्वोकृष्ट खेलाडीलाई नगद १५ हजार, सर्वोत्कृष्ट अग्रपक्तिलाई र सर्वोत्कृष्ट मध्यपक्ति, सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्तालाई पनि नगद ७ हजार पाँच बराबरको दरले नगद दिने क्लबका महासचिव अनिल श्रेष्ठले बताए ।

सातौँ गोरखकाली रनिङ कप सम्पन्न गर्नका लागि करिब २५ लाख ६६ हजार खर्च हुने महासचिव श्रेष्ठले बताए ।

खेलकुदको माध्यमबाट गोर्खाली खेलाडी उत्पादन गर्न र जिल्लाको प्रचार प्रसारका लागि गोर्खाली रनिङ कप आयोजना गरिएको हरमटारी क्लवले जनाएको छ ।

यता प्रतियाेगिता आयाेजना स्थलमा गोरखा चेम्बर अफ कमर्सले मेला गर्न लागेकाे भन्दै क्लबले असन्तुष्टी पाेखेकाे छ । खेल मैदानमा खेलकुद विकासका बिभिन्न कार्यक्रम हुनुपर्नेमा मेला महाेत्सब आयाेजना गरिनु दुखद भएकाे क्लबकाे भनाई छ ।

चेम्बरले मेला गर्न भन्दै मैदान भरी थुपारेकाे सामान हटाइदिन क्लबका अध्यक्ष गुरुङ्गले आग्रह गरे । प्रतियाेगिता नजिकिएकाले मैदानकाे मर्मत र खेलाडीलाई प्रशिक्षणका लागि मैदान आवस्यक परेकाले मैदान खाली गरिदिन उनले चेम्बरसंग आग्रह गरेका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार