• बिहिबार, साउन १४ २०८३

गण्डकीमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि


मंगलबार, पुष ६ २०७८
670
Shares

गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो चौबिस घण्टामा १६४ जनामा गरिएको नमूना परीक्षणमा २३ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ९ महिला र १४ पुरुष रहेका छन् ।प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

शर्माका अनुसार कास्की ११, बागलुङ ५, स्याङजा १, पर्वत १, लमजुङ २, तनहुँ १ र नवलपरासी पूर्व २ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८८ हजार ३०६ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४२५ पुगेको छ ।

प्रदेशमा पछिल्लो चौबिस घण्टामा ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ७१७ पुगेको छ भने होम आइसोलेसनमा १४७ जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १६४ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार