• आइतबार, भाद्र २१ २०८३

१७ हजार ८९ मा कोरोना परीक्षण गर्दा २९० लाई संक्रमण


मंगलबार, पुष ६ २०७८
485
Shares

नेपालमा थप २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २९० जना संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा १७ हजार ८९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

१२ हजार ४७३ जनाको पिसिआर परीक्षण र ४६१६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ५ हजार २४२ जना सक्रिय संक्रमित छन्।२३२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट ३ को मृत्यु भएको छ। काठमाडौं उपत्यकामा १४६ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९०, ललितपुरमा ३८ र भक्तपुरमा १८ संक्रमित छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार