गोरखा । दुई चरणमा गररुी गोरखामा २८ हजार बालबालिकालाई काेराेना बिरुद्धकाे खाेप लगाइदैछ । पहिलाे चरणमा आज पुस ४ गतेदेखि ६ गतेसम्म गोरखाका ४ वटा स्थानीय पालिकाका बालबालिकालाई खेप दिन थालिएकाे स्वास्थ्य कार्यालय गोरखाका निमित्त प्रमुख विधा तामाङले बताइन् ।
उनका अनुसार पहिलाे चरणमा अजिरकाेट, सिरानचाेक, आरुघाट र भिमसेन थापा गाउँपालिकाका बालबालिकालाई काेराेना बिरुद्धकाे खाेप दिन लागिएकाे हाे । २०६१ मंसिरदेखि २०६६ मंसिर भित्र जन्मेका बालबालिकाले मात्रै खाेप पाउने उनले बताइन ।
त्यस्तै दाेस्राे चरणमा भने बाँकी सबै पालिकाका बालबालिकालाई खाेप दिइनेछ । तामाङका अनुसार पुस १०, ११ र १२ गते बाँकी रहेका गोरखा र पालुङ्गटार नगरपालिकासहित शहिद लखन, बारपाक सुलिकाेट, धार्चे, गण्डकी र चुमनुब्री गाउँपालिकाका बालबालिकालाई काेराेना बिरुद्धकाे खाेप लगाउने याेजना रहेकाे छ ।
त्यस्तै यस अवधीमा खाेप लगाउन छुटेका बालबालिकालाई पुस १४ गतेभित्र पुन खाेप दिने कार्यतालिका स्वास्थ्य कार्यालय कार्यालय गोरखाले बनाएकाे छ । जिल्लामा १८ बर्ष मुनीका १ लाख ५९ हजार बालबालिकालाई खाेप लगाउने लक्ष्य राखिएपनि पहिलाे चरणमा भने २८ हजारलाई मात्रै खाेप दिइने बताइएकाे छ ।
हाल खाेप लगाउने उमेर समुह १८ बर्ष मुनी रहेकाले जिल्लामा अधिकांश खाेप केन्द्र विधालय बनाइएकाे निमित्त प्रमुख तामाङले बताइन् ।