
सामाजिक संजालमा कलाकारहरु आफ्ना दैनिक क्रियाकलापकोे तस्वीर पोेष्ट गर्छन् । अझ, कलाकारले कहिलेकाही सामाजिक संजालमा पोेष्ट गर्ने तस्वीर फ्यानहरुमाझ चर्चाकोे बिषय समेते बनिदिन्छ । नायिका वर्षा सिवाकोेटी प्रेममा परेदेखि नै उनकोे सामाजिक संजालका तस्वीर र स्टाटसहरुमा मायाकोे आशक्ती प्रकट हुने गरेकोे छ ।
वर्षा सामाजिक संजालमा तस्वीर पोेष्ट गरेर गसिप बजारमा रमाउन पनि चाहन्छिन् । किनकी, कुनै समय आफूलाई चर्चाबाट टाढा राख्ने गरेकी यी सुन्दरी विगत केही बर्षदेखि भने गसिपमा रमाउन थालेकी छिन् ।
कलाकार राज कटुवालसँग प्रेममा रहेपछि भने वर्षाले पोेष्ट गर्ने तस्वीर तथा स्टाटसहरु बोेल्ड, मायाले भरिएका हुन थालेका छन् ।उनले, म्युजिक भिडियो छायांकनका क्रममा पोेष्ट गरेको २ वटा तस्वीरमा ‘सबैैलाई मेरोे माया र चुम्बन’ भन्दै निक्कै हट फोेटोे पोष्ट गरेकी छिन् । वर्षाले हिजोआज गसिपमा कसरी रमाउन सकिन्छ भन्ने राम्रैैसँग थाहा भएकोे उनका तस्वीरबाट पनि प्रष्ट हुन्छ ।