• आइतबार, असोज ४ २०८३

फाइनल पुग्न नेपालले भारतविरूद्ध बराबरी खेले पुग्ने


आइतबार, पुष ४ २०७८
540
Shares

साफ यू-१९ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ।

यसअघि खेलेका तीन मध्ये दुई खेलमा जित र एक बराबरी खेलेको नेपाललाई फाइनल पुग्न बराबरी खेले पुग्छ।जित निकाले नेपाल समूह विजेता बन्ने सम्भावना हुनेछ, हारले भने नेपाल बाहिरिन सक्छ।

नेपालले पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो। दोस्रो खेलमा श्रीलंकालाई ६-० र तेस्रो खेलमा भुटानलाई ४-० लाई हराउँदै नेपाल ७ अंक जोडेर शीर्ष स्थानमा छ।दोस्रो स्थानको बंगलादेशको भारत र भुटानलाई हराउँदै नेपालसँग समान ७ अंक छ।भारत भने ६ अंक जोडेर दोस्रो स्थानमा छ। शीर्ष दुई टिम फाइनलमा पुग्ने प्रावधानअनुसार भारतलाई फाइनलमा स्थान बनाउन नेपाललाई हराउनु पर्ने बाध्यता छ। नेपाल र भारतबीचको खेल २ बजेर ४५ बजे ढाकामा हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार