• आइतबार, असोज ४ २०८३

प्याब्सन गोरखाको अध्यक्षमा कमल थापा


शनिबार, पुष ३ २०७८
750
Shares

गोरखा । निजी तथा आवासीय बिद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) गोरखाको अध्यक्षमा कमल थापा निर्विरोध चयन भएका छन् ।

शुक्रबार गोरखा सदरमुकाममा भएको प्याब्सन गोरखाको छैटौं जिल्ला अधिवेशनबाट थापाको नेतृत्वमा कार्य समिति चयन भएको हो ।

त्यस्तै समितिको उपाध्यक्षमा लक्ष्मी खत्री, सचिवमा अमिर अधिकारी र कोषाध्यक्षमा बावुराम तिवारी चयन भएको प्याब्सन गोरखाले जनाएको छ ।

यसैगरी प्याब्सन गाेरखाकाे सदस्यहरुमा बिनोद अर्याल, प्रकाश केसी, भोजराज भट्ट, कृण्ण घले, प्रसान्त सिलवाल निर्विरोध चयन भएका छन् । त्यस्तै गरी सदस्यहरुमै गणेश गुरुङ, दिक्पाल अधिकारी, दिपक गुरुङ, शिवलाल श्रेष्ठ, अनन्त थापा र रुपा पाण्डे निर्विरोध चयन भएकाे बताइएकाे छ ।

प्याब्सन गोरखाका अध्यक्ष सिताराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त प्रमुख अतिथ्यता रहेकाे थियाे । कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर पन्तले नीजि विधालयहरुले जिल्लाकाे शैक्षिक अवस्था सुधारमा उल्लेख्य भुमिका निर्वाह गरेकाे बताएका छन् ।

राज्यकाे स्राेत साधन लगानी विनै नीजि शैक्षिक संस्थाले हरेक पक्षलाई सवल रुपमा अघि बढाउन सक्षम भएकाे बताउदै उनले सामुदायिक र नीजी विधालयवीच सहकार्यकाे वातावरण बन्नु पर्नेमा जाेड दिए ।

कार्यक्रममा गोरखा नगरपालिकाका शिक्षा शाखाका विश्वनाथ वाग्ले, अकाेरावका महासचिव किशाेरजंग थापा, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकाेटा, प्याब्सन गोरखाका उपाध्यक्ष जनक केसी लगायतले बाेलेका थिए ।

प्याब्सन गोरखामा जिल्लाका बिभिन्न पालिकाहरुमा सञ्चालित करिब ३० वटा बिधालय आवद्ध रहेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार