• आइतबार, असोज ४ २०८३

आप्रवासी कामदार दिवस: गोरखामा वक्तृत्वकला प्रतियोगिता, भट्ट पहिलो


शनिबार, पुष ३ २०७८
870
Shares

गोरखा । २२ औ अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा गोरखामा वक्तृत्वकला प्रतियोगिता भएकाे छ । सुरक्षित आप्रवासन परियोजना अन्तरगत एकीकरण नेपाल गोरखा नामक संस्थाकाे आयोजना सदरमुकाममा शुक्रबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

पाटेचाैर स्थित श्री शक्ती माविकाे प्राङ्गगढमा भएकाे गोरखा नगरपालिका स्तरीय वक्तृत्वकला मोर्डन सेकेण्डरी इङिलस बोर्डिङ स्कुलकी आयुष्मा भट्ट पहिलाे भएकी छिन् ।

‘वैदेशिक रोजगार, चुनौती र अवसर’ विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा भट्ट पहिलाे बनेकी हुन्। त्यस्तै प्रतियाेगितामा द ओल्ड क्यापिटल माविकी सन्जिता रिमाल दोस्रो र रत्नराज्य लक्ष्मी मावि विरेन्चोककी स्वस्तिका भुजेल तेस्रो भएकी छिन् ।

जेनियस गोरखा इलिङस बोर्डिङ स्कुलका सिजन खड्का सान्त्वना भएको कार्यक्रम संयोजक चन्द्र देवकोटाले जानकारी दिए ।

प्रतियोगितामा क्रमश प्रथम, दोस्रो तेस्रो र सान्त्वनालाई ४, ३, २ र १ हजार नगद प्रदान गरिएको र विद्यालयलाई पनि प्रशंसा पत्र हस्तान्तरण गरिएको उनले बताए ।

सचेत, सिपमुलक र सुरक्षित रोजगार : मर्यादित श्रम आप्रवासनको मुल आधार भन्ने नाराका साथ २२ औ अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस १८ डिसेम्बर २०२१ को अवसरमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा नगरपालिका भित्रका १४ वटा माविका विद्यार्थीहरु सहभागिता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु जोशीको अध्यक्षता र गोरखा नगरपालिका उपप्रमुख विनाकुमारी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा क्याम्पसका प्राध्यापक यदु अधिकारी, वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शेलेन्द्र मिश्र, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा, एकीकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटा लगायतले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार