• आइतबार, असोज ४ २०८३

सुन तोलाको १ हजारले बढ्यो


शुक्रबार, पुष २ २०७८
820
Shares

शक्रबार सुनको भाउ एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ प्रति तोला ९४ हजार रुपैयाँ तोकेको छ ।

जुन अघिल्लो दिनको तुलानामा एक हजार रुपैयाँले बढी हो । महासंघका आजका लागि तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँमा तोकेको छ ।बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । पुस लागेयताको दुई दिनमा मात्रै सुनको भाउ तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो ।

शुक्रबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २५० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार