• आइतबार, असोज ४ २०८३

फेवातालको किनारमा ‘पामे चलचित्र महोत्सव’ हुने


शुक्रबार, पुष २ २०७८
640
Shares

पर्यटकीय सहर पोखराको फेवाताल किनारमा यही पुस १२ देखि १६ गतेसम्म ‘पामे चलचित्र महोत्सव’ हुने भएको छ।

नेपाली चलचित्रको स्वदेश तथा विदेशमा प्रवद्र्धन गरी कला, साहित्य, सङ्गीतलाई विश्वभर पु¥याउने लक्ष्यसहित नेपाल संस्कृति केन्द्रले महोत्सव आयोजना गर्न लागेको हो।

महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनी, कलाका सम्पूर्ण विधा, सङ्गीत, साहित्य, विभिन्न सांस्कृतिक कार्यक्रमका साथमा नेपाली खानाका विभिन्न परिकारसमेत राखिने आयोजक कमिटीले जनाएको छ।

महोत्सवमा विश्वका २० राष्ट्रका २०० भन्दा बढी चलचित्र एवं कला क्षेत्रका हस्ती, उद्यमी, साहित्यकार, सङ्गीतकार, लेखक सहभागी हुनेछन्। उनीहरु बीचमा कला क्षेत्रलाई अन्तर्राष्ट्रियकरण र स्तरीकरण गर्नेबारेमा छलफल गरिने र चलचित्र बजारका सम्भावनालगायत विविध विषयमा मन्थन हुने महोत्सवका संयोजक प्रवीण कार्कीले जानकारी दिए।

महोत्सवमा चलचित्रको विश्व रङ्गमञ्चका उत्कृष्ट विधाहरूमा उत्कृष्ट, कलात्मक सिर्जना, प्रस्तुति पस्कने चलचित्रकर्मीको प्रोत्साहन र विश्व बजारमा पहिचान निर्माणका लागि पुरस्कृतसमेत गरिने छ। ‘पोखराको पर्यटन एवं नेपालको रङ्ग क्षेत्रलाई चलायमान गराउने अभियानमा पामे अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निरन्तर अगाडि बढेको छ ।

महोत्सवमा विश्वभरबाट आएका लामा चलचित्र, छोटा चलचित्र एवं बृत्तचित्र गरी ९४ वटा दृश्यचित्रको प्रस्तुति रहन्छ,’ कार्कीले भने-साहित्यकारहरूका प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रमअन्तर्गत थारू नाच, ७थभलसयाम्प वार्क, वेषभूषा सो, गुरुङ नाच, खत्रीहरूको खुकुरी नाचलगायत नेपाली आकर्षक मौलिक प्रस्तुति महोत्सवका आकर्षण रहेका छन्।

महोत्सवका अवसरमा कथानक चलचित्र पुरस्कार, लघु चलचित्र पुरस्कार, वित्तचित्र पुरस्कार, विद्यार्थी चलचित्र पुरस्कार, चलचित्र क्रिटिक पुरस्कार र अडियन्स चोइस विधामा अवार्ड र पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।

कथानक चलचित्र पुरस्कार राशि एक लाख ५० हजार तथा अन्यको ६० हजार रहेको छ । महोत्सव कला, साहित्य र चलचित्रको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई भित्र्याउन भूमिका खेल्ने विश्वास लिइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार