• आइतबार, असोज ४ २०८३

पुस ४ देखि ७ गतेसम्म मनकामना केबलकार बन्द हुने (यस्ताे छ कारण)


शुक्रबार, पुष २ २०७८
635
Shares

आगामी आइतबार देखि गोरखाकाे मनकामना केबलकार चार दिन बन्द हुने भएको छ। 

मनकामना दर्शन प्रालिले पुस ४ देखि ७ गतेसम्म केबलकार बन्द हुने जनाएको हो। केबल स्तरोन्नतिका लागि चार दिन सेवा बन्द गर्न लागिएको प्रालिले जारी गरेको सूचनामा उल्लेख छ।

अस्ट्रियाबाट आएको प्राविधिक टोलीले केबलकारको गियर बक्स र टावर मर्मत गर्ने कम्पनीले जनाएको छ। 

केबलकार मर्मत गर्ने समय दुई दिन भए पनि मर्मतपछि परीक्षण गर्न थप दुई दिन लाग्ने भएकाले चार दिन सेवा बन्द गर्न लागिइका कम्पनीका प्रबन्ध निर्देशक राजुबाबु श्रेष्ठले जानकारी दिए।

केबलकार बन्द भए पनि रेस्टुरेन्ट र बटम स्टेसनको सेवा भने यथावत सञ्चालन हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार