• आइतबार, असोज ४ २०८३

नेपाल टेलिकमले सबै पालिका र वडामा टेलिफोन, ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्ने


शुक्रबार, पुष २ २०७८
705
Shares

काठमाण्डाै – देशभरका सबै पालिका र वडामा टेलिफोन र ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार हुने भएको छ । यसका लागि सङ्घीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल टेलिकमबीच सम्झौता भएको छ ।

मन्त्रालयको तर्फबाट सहसचिव डाक्टर गोपीकृष्ण खनाल र कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले आज बिहीवार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार नेपाल टेलिकमले सबै पालिका र अन्तगर्तका वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र अन्य सरकारी कार्यालयमा टेलिफोन तथा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउन मन्त्रालयको समन्वयमा योजना तर्जुमा तथा कार्यान्वयन गर्नेछ ।  

टेलिकमले पालिकाको वेबसाइट तथा अनलाइन सेवाका लागि प्रयोग हुने ‘वेब बेस्ड एप्लिकेशन’ को लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने जनाएको छ ।

त्यसैगरी अहिले भी–स्याटमार्फत भ्वाइस सेवामात्र उपलब्ध भइरहेका अति दुर्गम ठाउँमा दूरसञ्चार सेवा प्रदायकहरू समेतको सहकार्यमा  मोबाइल ब्रोडब्यान्ड सर्भिस लगायतका सेवा सञ्चालन गर्ने/गराउने सम्झौतामा उल्लेख छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार