
नेपाली हास्य टेलिसिरियल भद्रगोलमा ‘बले’को भूमिकाबाट चर्चामा आएका कलाकार सागर लम्साल र टिकटकबाट चर्चामा आएकी प्रिज्मा खतिवडाबीच ब्रेकअपको खबर निकै छाइरहेको छ।
लामो समयदेखिको प्रेम सम्बन्ध टुटेपछि प्रिज्मा पीडा व्यक्त गरिरहेको भेटिन्छिन्, तर सागर यस विषयमा मौन देखिन्छन्।
केही दिनअघि ‘छल छल’ बोलको म्युजिक भिडिओ सार्वजनिक गर्ने बेला प्रिज्मा बलेसँगको सम्बन्धका विषयमा पत्रकारकै सामु रोएकी थिइन्। तर उनले विछोड भएका कारणले भन्दा पनि आफूसँगको ब्रेकअपपछि सागरले धेरै गाली खाइरहेकाले दुःख लागेको बताएकी थिइन्। यसैबीच सागर यही वर्ष विवाह गर्ने तयारीमा छन्। सोही विषयमा प्रिज्मासँग कुरा नमिल्दा प्रेम सम्बन्ध टुटेको चर्चा पनि व्यापक छ।
चर्चाअनुसार सागर उनीसँग यही वर्ष बिहे गर्न चाहन्थे, तर प्रिज्मा अझै केही वर्ष विवाह नगर्ने सोचमा थिइन्।