• आइतबार, असोज ४ २०८३

काठमाडौंका लागि भरतपुरबाट उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, भरतपुरमा आकस्मिक अवतरण


बिहिबार, पुष १ २०७८
2.3K
Shares

बुद्ध एयरको जहाजमा प्राविधिक समस्या भएपछि भरतपुरबाट काठमाडौं उडेको लागेको जहाज आपत्कालीन अवतरण गरिएको छ।

भरतपुरबाट उडान भरेको केहीबेरमै बायाँ इन्जिनमा प्राविधिक समस्या भएपछि फेरि भरतपुरमै सकुशल अवतरण गरिएको बुद्ध एयरले जनाएको छ। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार दिउँसो एक बजेर १६ मिनेटमा आकाशमा उड्नेबित्तिकै बीचक्राफ्ट जहाज नाइन एन एईई को उडान नम्बर ३६० जहाजमा प्राविधिक समस्या देखिएको थियो।

१९ यात्रु र ३ जना विमान क्रु रहेको जहाजमा तत्काल भरतपुरमा अवतरण गरिएको हो । जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन्। यसैबीच अर्को जहाजबाट यात्रुलाई काठमाडौं ल्याउने तयारी भइरहेको बुद्ध एयरले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार