• आइतबार, असोज ४ २०८३

पाल्मुको स्वर, अमृतको संगीतमा ‘दार ठेकीको’ सार्वजनिक (भिडियोसहित)


बिहिबार, पुष १ २०७८
1.4K
Shares

काठमाडौं – नादिङ भाकाको शेर्पाहरुको मौलिक भेष भुषा, संस्कृति लाई झल्काउन कोसिस गरिएको गीत  ‘दार ठेकीको’को म्युजिक भिडियो  सार्वजनिक भएको छ। यस गीतमा गायक प्रदिप लामा र पाल्मु शेर्पाको युगल गायन रहेको छ। जीवन बोम्जनको शब्द रहेको गीतमा अमृत लामाको संगीत रहेको छ।  जोगलाल लामाले यस गीतलाई संगीत संयोजन गरेका हुन्।  

सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट  पर्यटकिय स्थलका रुपमा परिचित भोटेकोसी गाउँपालिकाको  बगम र छगम गाउँमा भिडियोको छायांकन भएको हो।  भिडियोलाई प्रकाश वाइबा तामाङले खिचेका हुन्।  राज किङ वाइबाले कोरियोग्राफी गरेको यस भिडियोमा छोङ्गोपो रिञ्छेन शेर्पा र मिङ्ग्मर डोमा शेर्पा फिचर्ड छन्।

रोशन फ्युबाको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। निर्माण टिमले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

हेर्नुस भिडियाे

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार