• बिहिबार, साउन १४ २०८३

आज चार जिल्लामा कोरोना संक्रमण संंख्या शून्य


बुधबार, मंसिर २९ २०७८
475
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार चार जिल्लामा हाल कोरोनाको शून्य संक्रमण रहेको छ । पछिल्लो २४ घण्टामा मनाङ, डोल्पा, हुम्ला र बाजुरा जिल्लामा संक्रमण संंख्या शून्यमा झरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला भने दुई वटा मात्र छन् । काठमाडौं र ललितपुरमा ५ सयभन्दा बढी संख्यामा सक्रिय संक्रमित छन् ।२ सयदेखि ४९९ सक्रिय संक्रमित हुने जिल्ला ५ वटा छन् । सुनसरी, भक्तपुर, कास्की, बाँके र कैलालीमा २ सयदेखि माथि र ४९९ भन्दा कम सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार धेरै जिल्लाहरुमा १ देखि २ सयभित्र सक्रिय संक्रमित रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार