• आइतबार, असोज ४ २०८३

अर्थमन्त्री समक्ष गोरखाका कार्यालय प्रमुखहरुकाे गुनासाे: काम गर्न स्राेत साधन अभाव भयाे


बुधबार, मंसिर २९ २०७८
695
Shares

गोरखा । स्राेत साधन र जनशक्ती अभावले सेवा प्रभावित बनेकाे गण्डकी प्रदेश मातहतका कार्यालय प्रमुखहरुले गुनासाे गरेका छन् ।

गण्डकी प्रदेश अन्तरगतकाे अर्थ मन्त्रालयले मंगलबार गोरखा सदरमुकाममा आयोजना गरेको ‘बजेट कार्यान्वयन र आर्थिक अनुशासन सम्बन्धी’ अन्र्तक्रिया कार्यक्रममा कार्यालय प्रमुखहरुले यस्ताे गुनासाे गरेका हुन ।

अर्थमन्त्री रामजीप्रसाद बराल समेत सहभागी भएकाे साे कार्यक्रममा प्रदेश मातहतका कार्यालयहरुमा कर्मचारी र आवस्यक बजेटकाे समेत ब्यवस्थापन नहुदा सेवा प्रभावित बनेकाे बताएका हुन ।

पुर्वाधार विकास कार्यालय गोरखाका प्रमुख ओमराज ढुंगानाले कार्यालयमा प्राप्त बजेट अभावले गर्दा यस बर्ष करीब १३ वटा योजना प्रभावित हुने बताए ।

त्यस्तै स्वास्थ्य कार्यालय गोरखाकी निमिक्त प्रमुख बिद्या तामाङले गोरखाको विकट क्षेत्र चुमनुब्रि र धार्चेमा ४५ जनाको दरवान्दी रहेकोमा हाल ७ जना मात्र रहेको बताईन् ।

सामाजिक विकास कार्यालयका प्रमुख दीपेन्द्र परियारले दरवन्दी अनुसार कर्मचारी पदपुर्ति गरी काम गर्ने वातावरण सृजना गरिदिन अर्थमन्त्री बराल समक्ष माग गरेका थिए । स्रोत साधन र जनशक्तिको अभावले गर्दा एकलाख रुपैयाँका धेरै योजनालाई कार्यान्वयमा लैजान कठिन हुने गरेको उनले बताए ।

जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय गोरखाका प्रमुख प्रकाश लम्सालले आगामी बर्ष योजना अनुसारको कार्यक्रम ल्याउदा न्यूनतम २० प्रतिशत बजेट सुनिश्चित गर्न माग गरेका छन् । यस बर्ष थप ४ करोड बजेट आवश्यक भएको उनले बताए ।

कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले जनशक्ति अभाव, व्यबस्थित बजारीकरण, श्रम शक्ति अभाव, भौगोलिक कठिनाईका कारण योजना कार्यान्वयनमा कठिनाई भएको बताए । १३ जनाको दरवन्दीमा हाल ५ जना मात्र रहेको उनले बताए ।

कार्यक्रममा गोरखाको चुमनुब्री गाउँपालिकामा अझै पनि सुख्खा पहिरो गएको र करीब सात सय घरधुरी खाद्यान्न संकटको उच्च जोखिममा रहेकाले उनीहरुको समस्या समाधान गर्न प्रदेश सरकारले पहल गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री बरालले बजेट कार्यान्वयनमा अरुलाई दोष देखाएर उम्किने छुट कसैलाई नभएको बताए ।

कर्मचारीहरुले दुर्बल पक्ष देखाएर आर्थिक बर्षको अन्त्यमा बजेट कार्यान्वय नगर्ने परम्परा रहेको भन्दै अब त्यस्तो छुट नहुने बताए । ‘कर्मचारीहरुले प्रदेश सरकारले ल्याएका योजनाहरुलाई नजिता निस्कने गरि कार्यान्वयनमा जोड दिनुपर्छ, मन्त्री बरालले भने, कार्यान्वयन गर्न नसक्ने स्थित रहे बेलैमा हामीले सक्दैनौ भनेर जानकारी दिनुस् ।’

मन्त्री बरालले बिषम परिस्थतीमा बजेट बनेकाले बजेटका केही दुर्बल पक्षहरु पनि छन् तर ति दुर्बल पक्षहरुलाई कोट्याएर र देखाएर काम नगर्नेहरु प्रति सरकार कडा रुपमा प्रस्तुत हुने समेत बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मन्त्री लेखबहादुर थापा मगरले दोश्रो चौमासिकसम्म कार्यान्वयन सुरु नभएका योजनाहरु रद्ध गर्न सुझाव दिए । थापाले जिल्लामा राजश्व संकलन गर्न धेरै क्षेत्रहरु छुटेको तथा उठ्नुपर्ने राजश्व कम उठेकोले अनुगमन आवश्यक भएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार