• आइतबार, असोज ४ २०८३

साफ यू-१९ महिला च्याम्पियन्सिपः नेपाल र श्रीलंका आज खेल्दै


बुधबार, मंसिर २९ २०७८
735
Shares

काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपाल पहिलो जित हात पार्ने लक्ष्यमा छ । नेपाल १ खेलबाट १ अंक मात्र जोडेर चौथो स्थानमा छ ।

तेस्रो खेल खेल्न लागेको श्रीलंका यसअघि लगातार दुई खेलमा पराजित भएको थियो । श्रीलंका अंकविहीन हुँदै पाँचौ स्थानमा छ ।

श्रीलंका यसअघि भुटान र भारतसँग समान ५-० ले पराजित भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार