{"caption":"u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930 : u0938u093fu0928u094du0927u0941u092au093eu0932u094du091au094bu0915u0915u094b u0939u0947u0932u092eu094du092cu0941 u0917u093eu0909u0901u092au093eu0932u093fu0915u093eu0938u094du0925u093fu0924 u0930u093fu092cu0930u094du092eu093eu092eu093e u092cu093eu0922u0940u0932u0947 u092au0941u0930u093fu090fu0915u094b u092eu0947u0932u092eu094du091au0940 u0916u093eu0928u0947u092au093eu0928u0940 u0906u092fu094bu091cu0928u093eu0915u094b u092eu0941u0939u093eu0928u0915u094b u092cu093eu0901u0927 u0964 ","photographer":"","alt_text":""}

गएको वर्खामा गएको बाढीपहिरोले क्षतिग्रस्त सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको मुहान पुनः सडक सञ्जालमा जोडिएको छ।
बाढीपहिरोले बगाएको मेलम्ची बजारदेखि आयोजनाको मुहानसम्म अस्थायी सडक र पुल निर्माण गरेपछि खानेपानीको मुहान क्षेत्र पुनः सडक सञ्जालमा जोडिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।
गएको असारमा आएका दुईवटा ठूला बाढीले मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने सडक र पुल बगाएको थियो। जसको कारण मेलम्चीको मुहानसम्म सडक सम्पर्क विच्छेद भएको थियो। बाढीले बगाएको ६ किलोमिटर सडक र पाँचवटा पुलमा अस्थायी संरचना निर्माण गरेपछि मुहान क्षेत्र सडक सञ्जालमा जोडिएको हो।
आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार मेलम्चीको मुहान स्थलसम्म पुग्न अस्थायी रूपमा सडक र पुल निर्माण गरिएको छ। यसअघि सडकमार्ग भएर आयोजना स्थलसम्म पुग्न नसक्दा आयोजनाको मुहान, हेड वक्र्स र सुरुङमा पुगेको क्षतिबारे यकिन हुन सकेको थिएन। अब सहज रूपमा क्षतिको अवलोकन गरेर पुनर्निर्माणको काम अघि वढाउने तयारी आयोजनाले गरेको छ।
मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालनमा ल्याउन अर्थ मन्त्रालयले डेढ अर्ब रुपैयाँ निकासा गरेको छ।