• आइतबार, असोज ४ २०८३

यू-१९ एसिया कपको पहिलो खेलमा नेपालले बंगलादेशसँग खेल्ने


बुधबार, मंसिर २९ २०७८
570
Shares

एसिसी यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ। युएईमा आगामी डिसेम्बर २३ देखि हुने प्रतियोगितामा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्नेछ।

प्रतियोगिताका लागि अहिले २० सदस्यीय नेपाली टिम बन्द प्रशिक्षणमा छ।नेपाल रहेको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र कुवेत छन्।

समूह ‘ए’ मा भारत, आफगानिस्तान, आयोजक युएई र पाकिस्तान छन्।

समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल डिसेम्बर ३० मा हुनेछ। फाइनल डिसेम्बर ३१ मा दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ।
नेपालको खेल

नेपाल भर्सेस बंगलादेश – २३ डिसेम्बर -शारजाह
श्रीलंका भर्सेस नेपाल -२६ डिसेम्बर – शारजाह
नेपाल भर्सेस कुवेत -२८ डिसेम्बर – आइसिसी एकेडेमी दुबई

खेल तालिका

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार