• आइतबार, असोज ४ २०८३

भैलाेबाट संकलन भएकाे रकमले बिधार्थीलाई न्यानो कपडा


बुधबार, मंसिर २९ २०७८
990
Shares

गोरखा । कालिका संस्कृति कला केन्द्रले विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेकाे छ । गोरखा नगरपालिका वडा नं ८ स्थित डुम्रीडाँडामा रहेको रत्नलक्ष्मी माध्यामिक विधालयका विधार्थीलाई केन्द्रले न्यानो कपडा वितरण गरेकाे हाे ।

गत तिहारमा केन्द्रले आयाेजना गरेकाे देउसीभैलीबाट संकलन भएकाे रकमले विद्यालयमा अध्ययनरत बिधार्थीलाई कपडा वितरण गरिएको केन्द्रका अध्यक्ष विक्रम तामाङले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गका बालबालिकाहरुलाई जाडोबाट कठ्याङ्ग्रिदै पढ्न नपराेस भन्ने उदेश्यले कक्षा १ देखि ५ सम्मका ८४ जना बिधार्थीहरुलाई न्यानोकपडा वितरण गरिएको उनले बताए ।

साेमबार बिधालयमा आयाेजित एक कार्यक्रमका बिच अध्यक्ष तामाङ र केन्द्रका संरक्षक सन्दीप श्रेष्ठले विद्यालयका प्रधानाध्यापक साधना त्रिपाठीलाई कपडा हस्तान्तरण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार