• बिहिबार, साउन १४ २०८३

गण्डकीमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु


मंगलबार, मंसिर २८ २०७८
820
Shares

गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो चौबिस घण्टामा १९५ जनामा गरिएको नमूना परीक्षणमा ३९ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १८ महिला र २१ पुरुष रहेका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित बागलुङमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । शर्माका अनुसार बागलुङ २५, कास्की ६, स्याङजा ४, तनहुँ ३ र नवलपरासी पूर्वमा १ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८८ हजार १८३ पुगेको छ ।

गण्डकीमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१० की ७० वर्षीय महिला रहेकी छन् । उनको पोखरास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४२४ पुगेको छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा ९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ५४९ पुगेको छ भने होम आइसोलेसनमा १८७ जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या २१० पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार