• बिहिबार, साउन १४ २०८३

ललितपुर महानगरमा फाइजर खोपको दोस्रो डोज लगाइँदै


मंगलबार, मंसिर २८ २०७८
650
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो डोज लगाउन शुरु गरेको छ ।

महानगरपालिकाले एक सूचना जारी गर्दै कात्तिक २८ गतेदेखि मंसिर ११ गतेसम्म फाइजर बायोनटेकको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज लगाउन शुरु गरेको हो ।पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुले पाटन अस्पतालमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म खोप लगाउन सकिने छ ।

मंसिर २७ गतेदेखि पुस ५ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रममा खोप लगाउन जाँदा पहिलो डोज खोप लगाएको कार्ड लिएर जानुपर्ने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार