
कोरोनाविरुद्धको भ्याक्सिन बेचेको आरोपमा प्रहरीले धनुषाबाट दुईजना स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो।
महोत्तरीको महोत्तरी गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य सहायक अजयकुमार साह र उनका सहयोगी कृष्णकुमार यादव पक्राउ परेका हुन्
उनीहरूबाट जोनसन एन्ड जोनसन कम्पनीका ३ थान भ्याक्सिन र २० हजार रुपैयाँसमेत बरामद गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। उनीहरुले कोरोनाविरुद्धको भ्याक्सिन ५ हजारदेखि १५ हजार रुपैयाँसम्ममा बेच्दै आएको पाइएको अख्तियारले जनाएको छ। वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई उनीहरूले भ्याक्सिन बेचेका पाइएको छ।
सरकारले १८ वर्षभन्दा माथिका सबै नगरिकलाई कोरोनाविरुद्धको भ्याक्सिन निःशुल्क दिँदै आएको छ।