टिपरको ठक्करबाट तनहुँमा एक युवकको मृत्यु भएको छ।
सोमबार साँझ छाङ पाटनबाट खैरेनीटारतर्फ आउँदै गरेको ग १ २९१५ नम्बरको टिपरले ठक्कर दिँदा म्याग्दे गाउँपालिका–५ को छाङ पाटन बस्ने ३३ वर्षीय मङ्गल कुमालको मृत्यु भएको हो।
टिपरले ठक्कर दिँदा कुमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि टिपर चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।