• आइतबार, असोज ४ २०८३

प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु


सोमबार, मंसिर २७ २०७८
685
Shares

v]n cjnf]sg ub}{ k|wfg ;]gfklt yfkfnufot sf7df8f}+, @& dlª;/ . k|wfg ;]gfklt k|yd /fli6«o 6]lg; k|ltof]lutfsf] z'ef/Desf lbg ;f]daf/ hËL c•fsf] v]nd}bfgdf v]n cjnf]sg ub}{ k|wfg ;]gfklt k|e'/fd yfkfnufot . t:jL/ M /Tg >]i7÷/f;;

प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता २०७८ आजदेखि सुरु भएको छ । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा नेपाली सेनाद्वारा आयोजित सो प्रतियोगितामा १५ क्लवका १८५ खेलाडीको सहभागिता छ ।

विभिन्न १२ ‘ इभेन्ट’ २०१ प्रतिस्पर्धा हुने प्रतिषेगिता आगामी पुस ५ सम्म सञ्चालन हुने छ । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय परिसरमा आयोजित कार्यक्रममा मुख्य निर्णायकलाई बल हस्तान्तरण गरी प्रतियोगिताको शुभारम्भ गरे ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ), फ्ल्यास स्पोर्टस् क्लब लाजिम्पाट, कास्की जिल्ला टेनिस सङ्घ, काठमाडौँ जिल्ला लन टेनिस सङ्घ, ग्रीनल्याण्ड टेनिस क्लब, टिम टेनिस नेपाल, त्रिभुवन आर्मी क्लब, नेपला पुलिस क्लब, नर्लिङ स्पोर्टस भिल्ला , भादगाउँ स्पोर्टस्, मण्डिखाटार टेनिस क्लब, याक एण्ड यति क्लव, रुपन्देही लन टेनिस सङ्घ, सातदोबाटो टेनिस क्लब र सेन्ट जेभियर्स क्लबको सहभागिता छ ।

सो समारोहमा सैनिक तालिम महानिर्देशक निरञ्जनकुमार श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेलाडी उत्पादन गर्ने ध्येयले प्रतियोगिता आयोजना गरिएको बताए ।

सेनाले २०६८ सालबाट ‘सामरी स्ल्याम’ टेनिस सञ्चालन गर्दै आएकामा सातौँ संस्करणसम्म सञ्चालन भएको थियो ।टेनिसमा अभिरुचि राख्ने खेलाडीलाई प्लेटफर्मको सही व्यवस्थापन गरी स्थायी ढङ्गले खेल विकास गर्ने यस प्रतियोगिताको मुख्य उद्देश्य छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार