
गोरखा । गोरखामा आगामी पुस ५ देखि ११ दिनसम्म कृषि तथा ब्यापार प्रर्वद्धन मेला हुने भएकाे छ । गोरखा चेम्वर अफ कमर्सकाे आयाेजनामा आगामी पुस ५ गतेदेखि १५ गतेसम्म गोरखा सदरमुकाममा मेला हुने भएकाे हाे ।
आईतवार पत्रकार सम्मेलन गर्दै चेम्वर अफ कमर्सले पहिलाे कृषि तथा ब्यापार प्रर्वद्धन मेला गर्न लागेको जनाकारी दिएकाे हाे ।

२ बर्षदेिख सबै किसिमका ब्यवसायहरु काेराेना भाइरसकाे जाेखिम र लकडाउनका कारण तहसनहस भएकाे र त्यसकाे उत्थानका लागि ब्यापार मेला आयाेजना गर्न लागेकाे अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताए ।

‘काेराेनाले सबै ब्यवसायीहरु डुब्ने जाेखिममा छन्, सबै प्रकारका ब्यवासाय चाैपट छ’ उनले भने ‘ब्यापारीहरुका लागि यस्ता मेला महाेत्सवले ठूलाे राहत दिन्छ, ब्यापार चलायमान बनाउन मदत गर्छ अनि ब्यापारिक एउटा प्लेटफम बन्छ भन्ने हाम्राे बिस्वास हाे ।’


मेलामा कृषि उत्पादनको प्रर्दशनी, घरेलु उद्योगबाट उत्पादन भएका सामग्रीको प्रर्दशनी समेत हुनेछन् । मेलाले गोरखाको होटल ब्यवशाय, यातायात, फेन्सी, अन्य ब्यापार ब्यवशाय, कृषि उत्पादन बिक्रीका साथै गोरखाका पर्यटकीय स्थलको प्रचार प्रसार हुनेमा आशाबादी रहेको अध्यक्ष श्रेष्ठले बताए ।


करिब ३ करोड रुपैयाकाे कारोबार गर्ने लक्ष्य राखिएकाे मेला गोरखा सदरमुकामकाे खेलकुद मैदानमा ११ दिनसम्म चल्ने बताइएकाे छ। मेला अवधीभर एक सय भन्दा बढी ब्यापारिक स्टलहरु रहने समेत चेम्बरका महासचिव रामस्वरुप श्रेष्ठले बताए ।
पचास हजार जनाले अबलोकन गर्ने अनुमान गरिएकाे मेला स्थलमा बाल उद्यानका बिभिन्न सामाग्रीहरु, मनाेरञ्जनका सामाग्रीहरु लगायत राष्ट्रिय तथा स्थानीय कलाकारबाट समेत प्रस्तुतीकरण हुने महासचिव श्रेष्ठकाे भनाई छ ।
चेम्बरले यसअघि हरेक दशैमा दशै सस्ताे बजार मेला आयाेजना गर्दै आएकाे थियाे तर काेराेना भाइरसकाे संक्रमण जाेखिमका कारण मेलाले निरन्तरता पाउन सकेकाे थिएन ।

