
काठमाडौं । मोडल उषा उप्रेती गृष्मा ब्रोडकाष्टिङले आयोजना गरेको ‘सप्तरंग’का लागि यतिबेला देश दौडाहमा छिन् । उषाले पहिलो पटक कुनै स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिएकाले पनि उनका लागि यो कार्यक्रम विशेष छ ।
हुन त, यो कार्यक्रममा नायक राजेश हमालदेखि गायक प्रमोद खरेल, बद्री पंगेनी, हास्य कलाकार सन्दीप क्षेत्री, राजा राजेन्द्र, गायिका मिलन नेवार, अस्मिता अधिकारी पनि सहभागी छन् ।महोत्सवमा सहभागी हुन पुगेकी मोडल उषा उप्रेतीले पूर्वको काँकडभिट्टामा धमाकेदार प्रस्तुति दिएकी छन् । स्टेजमा दुई पटक चढेकी उषाले पुराना नेपाली चलचित्रको गीतमा पनि आफ्नो प्रस्तुति दिएकी थिइन् । यस्तै उनले नेपाली चलचित्रका र आफ्ना केही हिट गीतमा पनि प्रस्तुति दिइन् । दर्शकले आफ्नो प्रस्तुति मन पराएपछि उषा दंग छिन् ।
‘नेपालका चर्चित कलाकर्मीको साथमा पहिलो पटक स्टेज शेयर गर्न पाउँदा खुशी लागेको छ । दर्शकले पनि प्रस्तुतिलाई मन पराइदिनुभएको छ,’ उनले भनिन् ।
काँकडभिट्टापछि आइतबार जनकपुरमा ‘सप्तरंग’ आयोजना हुँदैछ । टिकटकबाट चर्चामा आएर नेपाली म्युजिक भिडियो क्षेत्रमा प्रवेश गरेकी उषा अहिलेकी व्यस्त मोडल हुन् ।



काँकडभिट्टापछि आइतबार जनकपुरमा ‘सप्तरंग’ आयोजना हुँदैछ । टिकटकबाट चर्चामा आएर नेपाली म्युजिक भिडियो क्षेत्रमा प्रवेश गरेकी उषा अहिलेकी व्यस्त मोडल हुन् ।