गोरखा । द ओसन क्लवको अध्यक्षमा पुनः अमित खत्री चयन भएका छन् । क्लवको तेस्रो अधिवेशनले पुनः खत्रीलाई अध्यक्षमा चयन गरेकाे हाे । अधिवेशनले खत्रीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसकाे उपाध्यक्षमा विनिता केसी, सचिवमा सबिन केसी र कोषाध्यक्षमा प्रकाश देवकोटा चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा सन्दिप अर्याल, रन्जित केसी, प्रमिला केसी, मिलन बस्नेत र राजेन्द्र सिर्मल चयन भएको क्लवले जनाएको छ । क्लवको साधारणमा सभाले क्लवको बार्षिक प्रगति प्रतिवेदन र प्रथम द ओसन क्लव विकास योजना पारित गरेको छ ।
कार्यक्रममा गोरखा नगरपालिका वडा नं. ९ को वडा अध्यक्ष कुलबहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।