• आइतबार, असोज ४ २०८३

छुटपुर्जी नलिई संकलन गरिएकाे ३२ बोरा कुटकी जडीबुटीसहित एक जना पक्राउ


शनिबार, मंसिर २५ २०७८
705
Shares

गोरखा । गोरखामा छुटपुर्जी नलिई संकलन गरिएकाे ३२ बोरा कुटकी जडीबुटीसहित एक जना पक्राउ परेका छन् । जडीबुटी सहित गोरखाको धार्चे गाउँपालिका ५ माछिखोलाबाट एक जना पुरुष पक्राउ परेका हुन । खच्चडलाई जडीबुटी बोकाएर ल्याउँदै गरेका चुमनुब्री गाउँपालिका १ सामागाउँ बस्ने ४३ वर्षिय ग्याल्जेन लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मनास्लु संरक्षण क्षेत्र आयोजनाबाट छुटपुर्जी नलिई संकलन गरेको जडीबुटी भएकाले नियन्त्रणमा लिइएको डिएसपी प्रकाश दाहालले बताए । उक्त जडीबुटी गाउँको बिभिन्न स्थानबाट संकलन गरेको लामाले बताएका छन् ।

पक्राउ परेका लामालाई डिभिजन बन कार्यालय गोरखामा कारवाहीका लागि बुझाइएको प्रहरीले जनाएको छ । माछाखोला प्रहरी चौकीबाट खटिएको प्रहरीले बुधवार पक्राउ गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार