• आइतबार, असोज ४ २०८३

भालुको पित्त बेच्न लाग्दा काठमाडौंबाट चार जना पक्राउ


शुक्रबार, मंसिर २४ २०७८
530
Shares

काठमाडौंको चमती क्षेत्रमा संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) बेच्न खोज्ने चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पाल्पाको माथागढी गाउँपालिका–५ सत्यवती बस्ने वर्ष २० को विशाल सुनारी, पश्चिम रुकुमको मुसीकोट नगरपालिका–१० खड्काटोल बस्ने वर्ष ४६ को हरि बहादुर खड्का, पाल्पा तानसेन नगरपालिका–१० गाबुडाँडा बस्ने वर्ष ३२ को टोप बहादुर राना र रौतहट चन्द्र निगाहापुर नगरपालिका–५ मंगलपुर दोभानटोल बस्ने वर्ष २९ को धन बहादुर विश्वकर्मा रहेका छन्।

उनीहरुको साथबाट संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो देखिने वस्तु थान–१ (तौल ६० ग्राम) बरामद भएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरुलाई बरामद वस्तुसहित आवश्यक कानूनी कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाइएको ब्यूरोले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार